सिमामा हुने तस्करी राेक्न गृहमन्त्री लेखकका निर्देशन

0
Quantam abroad studies

गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी रोक्न कडा निर्देशन दिएका छन्। रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सूचना प्राप्त भएको र सिमानामा हुने तस्करी तुरुन्त रोक्न निर्देशन दिएको बताए।

sahani furniture udyog

गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमापार अपराधको नियन्त्रण प्रभावकारी हुनुपर्ने उल्लेख गरे। उनले भने, ‘लागू औषधको नियन्त्रण, आत्महत्या तथा सडक दुर्घटना न्यूनीकरण गर्नु होला।’

मन्त्री लेखकले सरकार बन्नासाथ सरकार ढल्ने र मन्त्री बन्नासाथ मन्त्री हट्ने हल्ला चलाउने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले अहिलेको गठबन्धन २०८४ सम्म टिक्ने दाबी गर्दै स्थायित्वका लागि सबैले सहयोग गर्नुपर्ने बताए।

मन्त्री लेखकको यो निर्देशनले सीमाक्षेत्रका सुरक्षा निकायलाई थप सक्रिय गराउने अपेक्षा गरिएको छ। सीमामा हुने अवैध क्रियाकलापको नियन्त्रण र राजश्व चुहावट रोक्न सरकारी प्रयास तीव्र हुने अनुमान गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.