
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मा मंगलबार भएको दु:खद घटनामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन

खेतमा सिँचाइ गर्ने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ३८ वर्षीय राजा मेहताको मृत्यु भएको हो। करेन्ट लागेपछि बेहोस भएका मेहतालाई तत्कालै कोशी अस्पताल, विराटनगर लगिएको थियो, जहाँ चिकित्सकले उहाँलाई मृत घोषणा गरे।
यसै घटनामा, मृतकका १५ वर्षीय छोरा करण मेहता पनि गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार करणको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। यसप्रकारको घटना सिँचाइका क्रममा सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याउने संकेत हो।
