३ महिनामै विद्युत् प्राधिकरणले कमायाे ९ अर्ब ११ करोड नाफा

0
Quantam abroad studies

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कर कट्टी नगर्दै ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा साउनदेखि असोज मसान्तसम्मको अवधिका मात्र हो।

आम्दानी र खर्चको विश्लेषण

उक्त अवधिमा प्राधिकरणले ब्याज तथा अन्य स्रोतहरूबाट गरी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँको कूल आम्दानी गरेको छ। यस अवधिमा कुल ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ खर्च गरिएको छ। प्राधिकरणले सञ्चालन सम्भार खर्चतर्फ पनि यही बराबरको रकम खर्च गरेको जनाएको छ।

विद्युत् बिक्री विवरण

विभिन्न वितरण केन्द्रमार्फत भएको विद्युत् बिक्रीबाट २८ अर्ब ९५ करोड ८ लाख ९८ हजार रुपैयाँ आम्दानी भएकोमा सो अवधिमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रुपैयाँ मात्र उठाउन सफल भएको छ।

विद्युत् खरिद र भुक्तानी

sahani furniture udyog

प्राधिकरणले आफ्ना र सहायक कम्पनीहरूबाट ८७ करोड ५२ लाख युनिट बिजुली खरिद गरेको छ भने निजी उत्पादक कम्पनीहरूबाट ३ अर्ब २२ करोड ९५ लाख युनिट विद्युत् खरिद गरिएको छ। यसरी कुल ४ अर्ब १० करोड ४७ लाख युनिट बिजुली खरिद गर्न २१ अर्ब ९ करोड १७ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

भारतसँगको विद्युत् आयात र निर्यात

साउनदेखि असोज मसान्तसम्मको अवधिमा भारतबाट विद्युत् आयात गर्नु परेको छैन। असोजको दोस्रो साता आएको बाढीले अपेक्षित निर्यातमा बाधा पुर्‍याए पनि सो अवधिमा भारततर्फ १ अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरिएको छ। यसबाट १० अर्ब ८८ करोड ८७ लाख रुपैयाँको आम्दानी भएको छ।

लगानी र परियोजनामा खर्च

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल सरकार तथा वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैयाँ खर्च गरिएको छ। यो रकम विभिन्न आयोजना तथा विद्युतीकरणका कार्यहरूमा प्रयोग गरिएको हो। ती कार्यहरूका लागि प्राधिकरणले १० अर्ब ८८ करोड ३८ लाख १० हजार रुपैयाँ आफ्नै स्रोतबाट खर्च गरेको छ। वैदेशिक भुक्तानीतर्फ ६ अर्ब ५ करोड ५३ लाख १७ हजार रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.