
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँदिल्ली पुगेकी छन्।जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकी हुन्।
नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणपछि परराष्ट्रमन्त्री राणा भारत पुगेकी हुन्। जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन-२०२४ मा सहभागिता जनाएकी थिइन्।
फाइल फाेटाे
