
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरेको हो । कार्यालयले आगामी वैशाख मसान्तसम्म पहिलो चरणको कार्य सम्पन्न गर्न बोलपत्र आह्वान गरेको हो । मन्त्रिपरिषद्को २०८१ असार ३१ गते बसेको बैठकले त्रिवि क्रिकेट रङ्गशालामा प्यारापिट तथा फ्लडलाइट जडान ३०० दिन भित्र गर्ने निर्णय गरेको थियो ।

