भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोलीकाण्ड, सुरक्षागार्ड घाइते

0
Quantam abroad studies

रुपन्देही, भैरहवा — रुपन्देहीको भैरहवास्थित प्रसिद्ध होटल निर्वाणाको गेट अगाडि गएराति गोली चलेको छ। घटनामा होटलका एक सुरक्षागार्ड सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गोली चलाउने समूहको पहिचान भइनसकेको तर उनीहरू फरार रहेको बताइएको छ। हाल उनीहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

एसपी क्षेत्रीका अनुसार घटनाअघि होटल निर्वाणाको क्यासिनोभित्र दुई समूहबीच विवाद भएको थियो। विवाद तीव्र बन्दै जाँदा समूह बाहिर गेटसम्म आइपुगेको र त्यही क्रममा एक समूहले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

sahani furniture udyog

प्रहरीले गोली चलाउने समूहमा संलग्न तीन जना फरार रहेको र उनीहरूलाई पक्राउ गर्न परिचालन तीव्र पारिएको जनाएको छ। यस्तै, घटनाबारे थप जानकारीका लागि क्यासिनोमा उपस्थित केही व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरी स्रोतले बताएको छ।

प्रहरीले घटनास्थलबाट केही प्रमाण संकलन गरेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.