आज विवाह पञ्चमी, जनकपुरमा सीता-रामको विवाह महोत्सव भव्यतापूर्वक

0
Quantam abroad studies

जनकपुर । मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम आज पुनः त्रेतायुगको उल्लासमा रंगिएको छ। मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन भगवान् राम र सीताको दिव्य विवाह सम्पन्न भएको पौराणिक क्षणलाई स्मरण गर्दै मिथिलावासीले भव्य रूपमा विवाहपञ्चमी पर्व मनाइरहेका छन्।

सबेरैदेखि जनकपुरधामका मन्दिर, सरोवर र मार्गहरू भक्तजनको भीडले भरिएका छन्। राम–जानकीको जीवन्त झल्को दिने डोला शोभायात्रा, धार्मिक भजन–कीर्तन, रामलीला र प्रवचनले सम्पूर्ण नगर उत्सवमय बनेको छ।

गोस्वामी तुलसीदासद्वारा वर्णित रामायणका प्रसङ्ग अनुसार जनकनन्दिनी सीताको स्वयंवर स्थल मानिने रङ्गभूमिमा आज विशेष समारोह आयोजना हुँदैछ।
स्वयंवरमा रामले शक्तिशाली शिव धनुष भाँचेर प्राप्त गरेको विजयको स्मरणमा राम मन्दिरबाट सुशोभित डोला निकालेको छ। उता जानकी मन्दिरबाट सजिएको डोलामा विराजमान सीतालाई मंगल धुनसहित रङ्गभूमि पुर्‍याइँदैछ।

प्रतीकात्मक रूपमा पुनर्जीवित गरिएको यो दिव्य मिलनमा मिथिलाका गाउँ–टोलबाट आएका झाँकी, नाच–गान र भक्तजनको उत्साहले वातावरण झनै आध्यात्मिक बनेको छ। सीमावर्ती भारतीय क्षेत्रबाट समेत हजारौँ श्रद्धालु सहभागी भएका छन्।

sahani furniture udyog

महोत्सवका दिनहरूमा मटकोर, तिलकोत्सव, स्वयंवर, र विवाह संस्कार मिथिलाको पुरानो परम्परा अनुसार गरिन्छ। वर–बधूपक्षबीच हुने रमाइला हाँसो–ठट्टाले वास्तविक विवाहको माहोल झल्किने जनकपुरका ज्येष्ठ नागरिकले बताउने गरेका छन्।

जनविश्वास अनुसार ५६ कोटी देवताको अदृश्य उपस्थितिमा सम्पन्न हुने यो पर्वमा सहभागी भएपछि मनोवाञ्छित फल प्राप्त हुनेमोक्षको मार्ग प्रशस्त हुने मानिन्छ। भक्तजन बिहानै पवित्र सरोवरमा स्नान गरी मन्दिरमा पूजा–आराधनामा तल्लीन छन्।

पहिला एक महिनासम्म मनाइने विवाहपञ्चमी हाल चार दिनमा सीमित भए पनि यसको उत्सवको भव्यता झन् बढ्दै गएको जनकपुरधामका पुरोहितहरूको भनाइ छ। देशभरका राम–सीता मन्दिरमा पनि आज विशेष पूजा, दर्शन र अनुष्ठान गरी पर्व मनाइँदैछ।

आजका दिन विवाह गर्न साइत नचाहिने परम्परा पनि प्रचलित छ, जसले विवाहपञ्चमीलाई धार्मिक रूपले अझ विशेष बनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.