कपिलवस्तुमा ज्ञानमहायज्ञसहित भागीरथी गौ संरक्षण महोत्सव हुने

0
Quantam abroad studies

कपिलवस्तु– बाणगंगा नगरपालिका–८ मधुवनमा ‘संस्कृति समृद्धि र समादरका लागि गौ संरक्षण’ मूल नारासहित श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञानमहायज्ञ तथा भागीरथी गौ संरक्षण महोत्सव मंसिर ११ देखि १८ गतेसम्म आयोजना हुने भएको छ। भागीरथी गौ संरक्षण विकास केन्द्रले पत्रकार सम्मेलनमार्फत महोत्सवका सबै तयारी पूरा भएको जानकारी गराएको हो।

२०७८ असारदेखि निर्माण थालिएको गौशालामा हाल साढे ३ सय गाईको संरक्षण भइरहेको छ। गौशालाको स्तरोन्नति गरी १ हजार गाई संरक्षण गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष तथा संयोजक चक्रबहादुर भण्डारीले बताए।

छाडा, घाइते, उपेक्षित वा दुर्घटनाग्रस्त गाईहरूको उद्धार, उपचार र दिगो संरक्षण केन्द्रको मुख्य उद्देश्य हो। यस अभियानलाई दीर्घकालीन बनाउँदै मधुवन क्षेत्रलाई गौ–पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना समेत रहेको आयोजकले जनाएको छ।

हाल ६ वटा गोठ सञ्चालनमा छन् भने २० वटा गोठ निर्माण गर्ने तयारी छ। सडक तथा नगरक्षेत्रमा रहेका ५ सयभन्दा बढी छाडा चौपायालाई पनि केन्द्रकै व्यवस्थापनमा पठाउन नगरपालिकाले तयारी गरेको वडा अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए।

sahani furniture udyog

महोत्सवका निर्देशक गुणनिधि भुसालका अनुसार गौशालालाई आयआर्जन तथा पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित प्रत्येक ५० पशुमाथि एक हेरालु नियुक्त गरिएको छ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले धार्मिक–सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने उल्लेख गर्दै महोत्सव सफलताका लागि ११ सय सदस्यीय मूल समिति गठन गरिएको बताए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.