‘विप्लव’ नेतृत्वकाे माओवादीको २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव

0
Quantam abroad studies

काठमाडौं — नेकपा (माओवादी) ले २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै संविधान पुनर्लेखन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अघि सारेको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञहरूको सहभागितामा मन्त्रिपरिषद् गठन गरिए मात्रै राजनीतिक स्थिरता सम्भव हुने दाबी गरे। माओवादीले स्थिर सरकार, आर्थिक उन्नति, शिक्षा–स्वास्थ्य–रोजगारी राज्यको दायित्व र ‘नेपाली विशेषताको समाजवाद’लाई आफ्नो मूल मार्गदर्शन मानेको जनाएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा पूर्ण समानुपातिक बनाइने पनि प्रतिवद्धता छ।

sahani furniture udyog

न्याय प्रणालीमा आमूल परिवर्तन, ‘नयाँ आर्थिक मार्ग’अन्तर्गत आत्मनिर्भर कृषि, पर्यटन, उद्योग र व्यापारमा जोड, एकीकृत अर्थनीति, गुणस्तरीय र रोजगारमुखी शिक्षा, ‘सी’ संस्कृतिलाई जनसंस्कृतिका रूपमा विकास गर्ने लक्ष्य पनि प्रतिवद्धतामा समेटिएको छ।

सन् १९५० लगायत नेपालमाथि लादिएका सन्धी खारेज गरी सहअस्तित्वमा आधारित नयाँ मैत्री सम्झौता गर्ने, वास्तविक सुकुम्बासीको तथ्यांक संकलन गरी बास र रोजगारी सुनिश्चित गर्ने तथा वैकल्पिक व्यवस्था बिना उठिबास नलगाउने ग्यारेन्टी गरिएको छ।

पत्रकारका प्रश्नमा विप्लवले विचार मिल्नेसँग एकता प्रस्ताव राखिए पनि अन्य दल संकुचित भएकाले पार्टी एक्लै चुनावमा उत्रिएको बताए। कार्यक्रममा स्थायी समिति सदस्य सन्तोष बुढा र काठमाडौं–९ का उम्मेदवार माइला लामाले श्रम र जनतासँग जोडिएका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.