जेनजी युवाका नाममा प्रचण्डको सम्बोधन

0
Quantam abroad studies

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खलनायक बनेर इतिहासबाट हराउन नचाहेको स्पष्ट पारेका छन्।

आइतबार नयाँ पुस्ता (Gen Z) र राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने प्रतिबद्धता जनाए। ‘म धेरै अघि बिदा भएको भए नायकको रूपमा सम्झिन्थे होला, तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ,’ उनले भने।

आफ्नो काम अझै नसकिएको भन्दै प्रचण्डले हार मान्न तयार नरहेको बताए। भ्रष्टाचारको अन्त्य, पारदर्शिता र बलियो सरकार Gen Z का प्रमुख माग भएको उल्लेख गर्दै ती एजेन्डा आफूले जनयुद्धदेखि उठाउँदै आएको दाबी गरे। राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको उनको भनाइ छ।

sahani furniture udyog

साथै, उनले युवालाई सामाजिक सञ्जालका भ्रमबाट सचेत रहन आग्रह गर्दै प्रश्न गर्न, दबाब दिन र स्वतन्त्र चिन्तन गर्न अपिल गरे। ‘म भोट माग्न होइन, सोच माग्न आएको हुँ,’ प्रचण्डले भने।

अन्त्यमा उनले कुनै पनि युवाले भविष्य खोज्न विदेशिन नपर्ने नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.