यूएईद्वारा २६७ नेपालीलाई आममाफी

0
Quantam abroad studies

संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो ५४औँ राष्ट्रिय दिवसको अवसरमा २ सय ६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

मन्त्रालयका अनुसार यूएई सरकारको यो निर्णय नेपाल–यूएईबीचको द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको सकारात्मक उदाहरणका रूपमा लिइएको छ। आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार पटक–पटक कूटनीतिक पहल गरेपछि यूएई सरकारले नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको जनाएको छ।

आममाफी पाएका नेपालीविरुद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेमा यूएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी उनीहरू स्वदेश फर्किन सक्नेछन्। साथै, यूएईमा रोजगारी र बसोबास गर्दै आएका नेपाली नागरिकका हकहितका विषयमा सरकार निरन्तर कूटनीतिक प्रयासमा जुटिरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

sahani furniture udyog

यसअघि पनि यूएईले विभिन्न धार्मिक तथा राष्ट्रिय अवसरमा नेपाली कैदीलाई आममाफी दिँदै आएको छ। गत जुलाईमा इदको अवसरमा १२० जना नेपालीको बाँकी सजाय मिनाहा गरिएको थियो। त्यस्तै, कतारले पनि गत पुसमा राष्ट्रिय दिवसको अवसरमा १३ जना नेपालीलाई आममाफी दिएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.