
बालेन शाहको आजकाे प्रस्तावित यात्रा तालिका अनुसार कपिलवस्तुका विभिन्न स्थानका साथ साथै रूपन्देही र नवलपरासी जाने तालिका रहेकाे छ ।
रास्वपा कपिलवस्तुका अनुसार नेता साहलाई तौलिहवास्थित जमुवार पुलमा कार्यकर्ताले स्वागत गर्ने तयारी गरिएको छ। निर्धारित समय तालिका अनुसार उनी दिउँसो १ बजे तौलिहवा प्रवेश गर्नेछन्। स्वागत कार्यक्रम पश्चात तौलिहवा बजार क्षेत्रमा ¥याली निकालिने जानकारी पार्टीले दिएको छ।
नेता साहको आगमनको खबरले जिल्लामा रास्वपा नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ। स्वागत तथा ¥याली व्यवस्थापनका लागि पार्टीले तयारी तीव्र बनाएको जनाएको छ।
प्रस्तावित यात्रा तालिका अनुसार

दिउँसो १:०० बजे रुपन्देही–४ स्थित मार्चवारी मन्दिरबाट यात्रा सुरु हुनेछ। त्यसपछि क्रमशः लुम्बिनी पर्सा चोक (१:२०), तौलिहवा (१:४०), बहादुरजंग (२:००) र चन्द्रौटा (२:२०) मा पुग्ने कार्यक्रम छ।
दिउँसोको दोस्रो चरणमा ४ नं. क्षेत्र (३:१०), भैरहवा (३:५०), धकधई (४:०५) र परासी चोक (४:२०) मा भेटघाट हुनेछ। साँझतिर बेलासपुर (४:३०), गोपीगञ्ज (५:००), बर्दघाट (५:१५), भुमही (५:४५) हुँदै सुनवल (६:१०) मा कार्यक्रम समापन गर्ने तयारी छ।
आयोजकहरूले समय तालिका आवश्यकता अनुसार फेरबदल हुन सक्ने बताएका छन्।
