नेपालले आज वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्ने

0
Quantam abroad studies

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा केहीबेरमै सुरु हुने खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङका लागि मैदान उत्रिने भएको हो।

समूह चरणका पहिलो दुई खेलमा पराजित भएको नेपालका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण बनेको छ। प्रतियोगितामा टिकिरहन अब जित अनिवार्य जस्तै छ। आज हार बेहोरे नेपाल एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिनेछ।

यता वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर–८ नजिक पुगेको छ। आजको खेल जिते उसले अर्को चरणमा स्थान सुरक्षित गर्नेछ। दुई पटकको टी–२० विश्व विजेता वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो। टी–२० अन्तर्राष्ट्रिय वरीयतामा सातौं स्थानमा रहेको टोली कप्तान शाइ होपको नेतृत्वमा छ र आक्रामक ब्याटिङका लागि परिचित मानिन्छ।

नेपालका लागि ओपनर कुशल भुर्तेलमाथि फेरि सबैको ध्यान केन्द्रित हुनेछ। कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीबाट जिम्मेवार तथा प्रभावशाली प्रदर्शनको अपेक्षा गरिएको छ। बलिङतर्फ सन्दीप लामिछाने निर्णायक सावित हुन सक्ने विश्वास गरिएको छ।

sahani furniture udyog

नेपालको प्लेइङ–११:
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव, सोमपाल कामी।

वेस्ट इन्डिजको प्लेइङ–११:
ब्रान्डन किङ, शाइ होप, शिम्रोन हेटमायर, रोभम्यान पावेल, शेरफेन रदरफोर्ड, म्याथ्यू फोर्ड, रोस्टन चेस, जेसन होल्डर, अकील होसैन, शमार जोसेफ, गुडाकेश मोटी।

निर्णायक घडीमा उभिएको नेपालका लागि आजको खेल प्रतिष्ठा मात्र होइन, सम्भावनाको ढोका खुला राख्ने अवसर पनि हो। क्रिकेट समर्थकहरू ऐतिहासिक नतिजाको प्रतीक्षामा छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.