आजदेखि निर्वाचनको औपचारिक प्रचार सुरु

0
Quantam abroad studies

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक चुनावी प्रचार–प्रसार खुला भएको छ। मतदान मितिभन्दा १५ दिनअगावै मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्थाअनुसार दल र उम्मेदवारले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म मतदातामाझ पुग्न सक्नेछन्।

निर्वाचन आयोगले प्रचार अभियानलाई आचारसंहिताको घेराभित्र राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सचेत गराएको छ। आयोगका अनुसार आचारसंहिता उल्लङ्घन भए स्पष्टीकरण सोधिनेछ र आवश्यक परे कानुनी कारबाही अघि बढाइनेछ। उल्लङ्घनको प्रकृतिअनुसार सचेत, जरिवाना वा उम्मेदवारी खारेजसम्मको व्यवस्था रहेको जनाइएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता नीति अपनाइएको स्पष्ट पारेका छन्। आयोगले अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिसकेको छ।

sahani furniture udyog

तोकेको मापदण्डअनुसार दल तथा उम्मेदवारले पत्रपत्रिका र अनलाइन माध्यमबाट विज्ञापन गर्न पाउनेछन्। साथै, आमसभा वा कोणसभा गर्दा भएको खर्चको विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइनमार्फत मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले पुनः स्मरण गराएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.