‘पशुपतिनाथ–वैद्यनाथधाम’ हाई–स्पिड करिडोर निर्माण हुँदै

0
Quantam abroad studies

भारतले नेपालको पशुपतिनाथ मन्दिर देखि झारखण्डको वैद्यनाथधाम सम्म ‘पशुपतिनाथ–वैद्यनाथधाम हाई–स्पिड करिडोर’ निर्माण गर्ने घोषणा गरेको छ। करिब २४०–२५० किलोमिटर लामो हुने यो परियोजना धार्मिक पर्यटन र क्षेत्रीय सम्पर्क विस्तारका लागि अघि बढाइएको हो।

दिलीप जैसवाल ले बिहार विधानसभामा आर्थिक वर्ष २०२६/२७ को बजेट प्रस्तुत गर्दै करिब ८ हजार २६० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।

प्रस्तावित मार्ग काठमाडौंबाट सुरु भई भीमनगर–वीरपुर हुँदै बिहारको सुपौल प्रवेश गर्नेछ। त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका पार गर्दै देवघर पुग्नेछ। सुल्तानगञ्ज–अगुवानीघाटमा गंगा नदीमाथि निर्माणाधीन पुलसमेत यस करिडोरमा जोडिनेछ।

sahani furniture udyog

श्रावणी मेला र काँवर यात्रालाई लक्षित गर्दै पैदल यात्रुका लागि छुट्टै सर्भिस रोड बनाइने योजना छ। परियोजना सम्पन्न भएपछि नेपाल, बिहार र झारखण्डबीच धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.