कपिलवस्तुको यशोधरामा ३ दिने निःशुल्क आँखा शिविरमा १ हजार बढीले लिए सेवा

0
Quantam abroad studies

कपिलवस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीन दिने निःशुल्क आँखा शिविरले १,००० भन्दा बढी स्थानीयलाई सेवा प्रदान गरेको छ। गाउँपालिकाको आयोजनामा छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा स्थानीयले आँखा जाँच, उपचार, औषधि र चस्मा जस्ता सेवाहरू पाएका छन्।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्रकुमार मिश्राका अनुसार, आठ वडाबाट १,०१७ जनाले आँखा जाँच गराएका छन्। तीमध्ये मोतियाबिन्दु पहिचान भएका २६७ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा ५०८ जनालाई औषधि र २४२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको जानकारी दिइएको छ।

शिविरमा सेवा लिएका अधिकांश सेवाग्राहीले खुशी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्। एक जना वृद्ध सेवाग्राहीले भने, “गाउँमै आँखा उपचार सेवा पाउँदा धेरै सजिलो भएको छ। यसअघि आँखाको जाँच गराउन टाढा जानुपर्ने समस्या थियो।”

sahani furniture udyog

यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले शिविरले गुणस्तरीय आँखा उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराएको उल्लेख गर्नुभयो। विशेषगरी दक्षिणी क्षेत्रका बासिन्दाका लागि यस प्रकारका शिविर उपयोगी रहेको उहाँले बताउनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

यस शिविरले स्थानीयको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै गाउँस्तरमै स्वास्थ्य सेवा विस्तारको उदाहरण प्रस्तुत गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.