कपिलवस्तुका स्थानीय तहमा उजुरीको ओइरो

0
Quantam abroad studies

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल शाखाले कपिलवस्तु जिल्लाका १० स्थानीय तहमा परेका उजुरीहरूको संख्या सार्वजनिक गरेको छ। आयोगले दिएको विवरण अनुसार कपिलवस्तु नगरपालिकामा सबैभन्दा धेरै ४५ उजुरी दर्ता भएका छन्।

कृष्णनगर र बुद्धभूमि नगरपालिकामा समान ३५/३५ उजुरी परेको आयोगले जनाएको छ। बाणगंगा नगरपालिकामा २७ उजुरी परेका छन् भने मायादेवी गाउँपालिकामा २५ उजुरी दर्ता भएका छन्।

त्यस्तै, यशोधरा गाउँपालिकामा २३, शिवराज नगरपालिकामा १५, शुद्धोधन गाउँपालिकामा १२, विजयनगर गाउँपालिकामा ८, र महराजगञ्ज नगरपालिकामा ७ उजुरी परेका छन्।

sahani furniture udyog

कपिलवस्तु जिल्लामा परेका उजुरीहरूले स्थानीय तहमा अनियमितता र दुरुपयोगका घटना बढिरहेको संकेत गरेको अख्तियारले जनाएको छ। उजुरीहरूको अध्ययन र अनुसन्धानका लागि आयोगले थप प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.