पाल्पाका चार सामुदायिक वनमा भीषण डढेलो, १६८ हेक्टर वन क्षेत्र सखाप

0
Quantam abroad studies

पाल्पाको रिब्दीकोट गाउँपालिका-१ र २ स्थित चार सामुदायिक वनमा लागेको डढेलोले तीन दिनमा १६८ हेक्टर वन क्षेत्र सखाप पारेको छ। विद्युत् सर्टबाट सल्किएको आगो समयमा नियन्त्रण गर्न नसक्दा डढेलो तीव्र रूपमा फैलिएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।

देउराली लेक सामुदायिक वनको ५० हेक्टर, संयुक्त भारेखोला सामुदायिक वनको ४८ हेक्टर, मधुवन सामुदायिक वनको ६० हेक्टर र वृन्दावन सामुदायिक वनको १० हेक्टर क्षेत्र डढेलोले नष्ट गरेको छ। भौगोलिक विकटता र हावाहुरीका कारण नियन्त्रणमा समस्या भइरहेको छ।

sahani furniture udyog

स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र वनका कर्मचारी परिचालित भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ। पानी नपरेमा डढेलो नियन्त्रणमा अझै केही दिन लाग्ने अनुमान गरिएको छ

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.