कपिलवस्तु–११ पहिलो सुनगाभा सैनामैना गोल्डकप विजेता

0
Quantam abroad studies

कपिलवस्तु–११ ले प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आफ्नो नाम गरेको छ।

बुधबार, मुर्गिया रंगशालामा सम्पन्न फाइनल खेलमा कपिलवस्तुले अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोलले पराजित गर्दै विजेता बनेको हो। कपिलवस्तुको जितका लागि मोहम्मदले निर्णायक गोल गरेका थिए।

१० दिनसम्म चलेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो। उपाधिसँगै कपिलवस्तुले नगद ७ लाख रुपैयाँ पुरस्कार हात पार्‍यो भने उपविजेता अभिषेक चर्च रजहर नवलपुरले ४ लाख रुपैयाँ प्राप्त गर्‍यो।

sahani furniture udyog

प्रतियोगिताको समापन समारोहमा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थिति रहेको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.