
रौतहट — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनपछि रौतहट जिल्लाका तीन स्थानीय तहहरूले आइतबार शोक बिदा दिएका छन्। रौतहट क्षेत्र नम्बर २ अन्तर्गत पर्ने राजपुर नगरपालिका, ईशनाथ नगरपालिका र परोहा नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको घोषणा गरेका हुन्।
पालिकाहरूले विज्ञप्तिमा आलमको निधनले जिल्लासँगै राष्ट्रिय राजनीतिमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्। स्थानीय तहहरूले आइतबार एक दिनका लागि सम्पूर्ण कार्यालयहरू, विद्यालय तथा सार्वजनिक संस्थानहरू बन्द गरी शोक मनाइएको जनाएका छन्।

पूर्वमन्त्री आलम दीर्घ रोगको उपचारका क्रममा निधन भएको बताइएको छ। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका उनी रौतहट क्षेत्र नम्बर २ बाट पटक–पटक सांसद निर्वाचित भएका थिए।


