महाराजगंज- १ का ६२५ गाउँ–ब्लक पीडितलाई लालपुर्जा वितरण

0
Quantam abroad studies

कपिलवस्तु — महाराजगंज नगरपालिका–१ का ६२५ जना गाउँ–ब्लक पीडितले अन्ततः बहुप्रतिक्षित लालपुर्जा प्राप्त गरेका छन्। लामो समयदेखि भूमि अभाव र दर्ता–प्रक्रियामा अल्झिएका परिवारहरूलाई आफ्नो नाममा जमिन दर्ता भएर नागरिक हैसियत सुदृढ हुने अपेक्षा गरिएको छ।

महाराजगंजमा आयोजित कार्यक्रममार्फत मेयर अब्दुल कलाम, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मी, नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक भण्डारी र वडा अध्यक्ष प्रमोद कुमार चौधरीले लालपुर्जा हस्तान्तरण गरे। गाउँ–ब्लक समस्याका कारण वर्षौंदेखि असुरक्षित बसोबास गरिरहेका स्थानीयलाई यस वितरणले ठूलो राहत मिलेको स्थानीयको भनाइ छ।

नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक भण्डारीका अनुसार जिल्लाभर हालसम्म ७ हजार ६८० जना गाउँ–ब्लक पीडितलाई लालपुर्जा वितरण भइसकेको छ। बाँकी निवासीको तथ्यांक संकलन र प्रमाणीकरण प्रक्रियासँगै क्रमशः थप वितरण अघि बढाइने जनाएको छ।

sahani furniture udyog

लालपुर्जा प्राप्त गरेका स्थानीयले अब आवास निर्माण, बैंकिङ सेवा, जग्गा कारोबार तथा कानुनी पहिचानको सुविधा सहज हुनेमा खुशी व्यक्त गरेका छन्। नगरपालिकाले बाँकी पीडितको कागजी प्रक्रिया छिटो टुंग्याउँदै सबैलाई चरणबद्ध रूपमा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.