निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन, अहिलेसम्म ८० दल दर्ता

0
Quantam abroad studies

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (दल दर्ताको अन्तिम दिन) राजनीतिक दलहरूको भीड बढ्ने अनुमान गरिएको छ। निर्वाचन आयोगले मंसिर १ गतेदेखि खोलिएको दल दर्ता प्रक्रिया हिजोसम्म ८० दलले पूरा गरिसकेका छन्।

आजभित्र दर्ता भएका दलहरूलाई मात्र फागुनमा हुने निर्वाचनमा सहभागी हुने अधिकार रहनेछ।

उम्मेदवारी दर्ता र अन्य कार्यक्रम

sahani furniture udyog

पहिलो हुने निर्वाचित हुने (फर्स्ट–पास्ट–द–पोस्ट) प्रणालीअन्तर्गत आयोगले तय गरेको कार्यक्रमअनुसार:

  • ६ माघ — उम्मेदवारको मनोनयन पत्र दर्ता
    सोही दिन बेलुका मनोनयन दर्ता सूची सार्वजनिक गरिनेछ।
  • ७ माघ — दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने अन्तिम मिति
  • ८ माघ — मनोनयन पत्र तथा उजुरीको जाँचबुझ र निर्णय
    त्यसपछि पुनः नामावली प्रकाशन गरिनेछ।
  • ९ माघ — उम्मेदवारले नाम फिर्ता लिने अन्तिम दिन
    यतिबेला उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ र
    उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

निर्वाचन नजिकिंदै जाँदा दल दर्तादेखि उम्मेदवारी प्रक्रियासम्मका काम तीव्र रूपमा अघि बढेका छन्, जसले निर्वाचन माहोल थप चहलपहलपूर्ण बन्ने संकेत दिइरहेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.