आज देखि रू. १०० दरका नयाँ नोट बजारमा

0
Quantam abroad studies

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) देखि रू. १०० दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोटहरू साविककै आकार र रंगमा रहेपनि सुरक्षा विशेषता थप आधुनिक बनाइएको राष्ट्र बैंकले जनाएको छ।

मुद्रा व्यवस्थापन विभागका अनुसार ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका संकेत नम्बरका नोट बजारमा पठाइएका छन्। यसअघि ०७६ असोज ७ मा नयाँ १०० का नोट ल्याइए पनि त्यसबेला घोषणा गरिएको संकेत नम्बरभन्दा कम मात्र चलनचल्तीमा आएको थियो।

नयाँ नोटका प्रमुख विशेषता

sahani furniture udyog
  • अग्रभागमा सगरमाथा, लालीगुराँसको वाटरमार्क, नेपालको नक्सा, अशोक स्तम्भ, मायादेवीको सिल्भर मेटालिक चित्र
  • दृष्टिविहीनका लागि छामेर चिनिने उठेको थोप्लो
  • रंग परिवर्तन हुने सुरक्षा धागो (सिधा हेर्दा रातो, ढल्काउँदा हरियो)।
  • तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर।
  • तल्लो भागमा वि.सं. २०८१ उल्लेख।

पछाडि भागमा **एक सिंगे गैँडा (माउ र बच्चा)**को चित्र, NEPAL RASTRA BANK, र Series 2024 A.D. उल्लेख गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.