भन्सार एजेन्टहरूको अवरोध अन्त्य, देशभर भन्सार सेवा पुनः सञ्चालन

0
Quantam abroad studies

नयाँ भन्सार ऐनका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्दै सेवा अवरुद्ध गरेका भन्सार एजेन्टहरूले आजदेखि देशभर सेवा पुनः सुचारु गरेका छन्।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर वर्तौलाले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्सार एजेन्टहरूले उठाएका चिन्ताहरू सम्बोधन हुने प्रक्रियामा रहेको जानकारी दिए। उहाँका अनुसार, ‘‘ऐनमा रहेका केही प्रावधान र जरिवानाका विषयमा उठान भएको थियो। कतिपय विषय विनियमावलीमार्फत स्पष्ट हुनेछन्, र केही विषयमा सबै पक्षले ध्यान दिनुपर्ने देखिन्छ। आजदेखि देशभरका सबै भन्सार कार्यालय सञ्चालनमा आएका छन्,’’ वर्तौलाले बताए।

यसैबीच विभागले आज सार्वजनिक गरेको विज्ञप्तिमा भन्सार एजेन्ट महासङ्घले पेस गरेका विभिन्न मागहरू चरणबद्ध रूपमा सम्बोधन गर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ—
‘‘व्यवस्थापन सुधारका साथै विभाग वा कार्यालयस्तरबाट सम्बोधन हुन सक्ने मागहरू क्रमशः कार्यान्वयन गरिँदै जानेछ। नियमावलीमा समावेश गर्नुपर्ने उपयुक्त विषयहरू अर्थ मन्त्रालयमा अवगतार्थ पठाइने निर्णय भएको छ।’’

sahani furniture udyog

निर्णयअनुसार अब सबै भन्सार कार्यालयहरू नियमित रूपमा सञ्चालनमा आइसकेको निर्देशक वर्तौलाले पुष्टि गरे।

हाल देशभर उत्तरतर्फ ९, दक्षिणतर्फ २९, ३ अन्तर्राष्ट्रिय विमानस्थल, तथा चोभारस्थित एक सुख्खा बन्दरगाहमार्फत भन्सार सेवा प्रदान भइरहेको विभागले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.