भोटबाट टाढा प्रवासी नेपाली, सर्वदलीय बैठकप्रति मन्त्री पुनको कटाक्ष

0
Quantam abroad studies

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने बहस फेरि निष्कर्षविहीन बनेको छ। यसप्रति शिक्षा मन्त्री महाविर पुनले खुलेर असन्तोष व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मन्त्री पुनले राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगबीच करिब ६ घण्टा लामो सर्वदलीय छलफल भए पनि ठोस निर्णयमा पुग्न नसकिएको बताएका छन्। उनका अनुसार बैठक बहसको नाममा भाषणमै सीमित भयो र व्यावहारिक समाधानतर्फ कसैले जिम्मेवारी देखाएन।

मन्त्री पुनले बैठकमा सहभागी अधिकांश नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूले सरकारका विगत ६ महिनाका कमजोरी औँल्याउनमै समय खर्चिएको आरोप लगाएका छन्। विदेशमा बस्ने लाखौँ नेपालीलाई मतदानको अधिकार दिलाउने जस्तो संवेदनशील विषयमा सहमति खोज्नुको साटो आरोप–प्रत्यारोपमै छलफल सकिएको उनको टिप्पणी छ।

sahani furniture udyog

उनले समस्या समाधानका लागि सृजनशील र ठोस सुझाव दिन नसक्ने प्रवृत्ति नै देशलाई क्रमशः संकटतर्फ लैजाने मुख्य कारण भएको चेतावनी दिएका छन्। राजनीतिक दल, नेताहरू, नागरिक समाज र सरकार सबैले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।

साथै मन्त्री पुनले युवा पुस्तालाई पनि सन्देश दिएका छन्। सडकमा जुलुस निकालेर मात्र परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उनले आगामी निर्वाचनमा नेतृत्व सम्हाल्न सक्रिय, साहसी र जिम्मेवार रूपमा अघि बढ्न युवालाई आह्वान गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.