चाँदीको कृत्रिम अभाव, थन्कियाे सुन

0
Quantam abroad studies

प्रतितोला तीन लाख नाघेपछि सुनको कारोबार सुस्त बनेको छ । खपत घट्दा वाणिज्य बैंकहरूमा करिब डेढ सय किलो सुन मौज्दात थुप्रिएको बैंकर्स संघले जनाएको छ । उच्च मूल्य र करका कारण सुनप्रति उपभोक्ताको चासो घटेको हो ।

उता, चाँदीको मूल्य निरन्तर उकालो लागेपछि बजारमा अभाव देखिएको छ । मूल्य अझै बढ्ने अनुमानसँगै माग बढ्दा व्यवसायीले भनेकै समयमा चाँदी आपूर्ति गर्न नसकेको गुनासो उपभोक्ताको छ । ढिलै पाइने चाँदी तोकिएको मूल्यभन्दा करिब पाँच प्रतिशत बढीमा किनबेच भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यका अनुसार सुनभन्दा चाँदी सस्तो भएकाले लगानीकर्ताको ध्यान त्यतातर्फ गएको छ । तर, चीनले चाँदी निर्यातमा कडाइ गरेपछि अन्तर्राष्ट्रिय आपूर्ति नै प्रभावित बनेको छ ।

sahani furniture udyog

एक वर्षअघि चाँदीको मूल्य दुई हजारभन्दा कम थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.