चुनावी अपडेट |- प्रत्यक्षतर्फ मतपत्र छपाइ सुरु

0
Quantam abroad studies

काठमाडौं । आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार करिब २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य प्रारम्भ गरिएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अबको १५ दिनभित्र छपाइ सम्पन्न गरिने र त्यसपछि क्रमशः निर्वाचन केन्द्रतर्फ ढुवानी सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ५ गतेभित्र सबै मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुर्‍याइसक्ने तयारी गरिएको छ ।

sahani furniture udyog

यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिकतर्फ आवश्यक २ करोड ८ लाख ५० हजारभन्दा बढी मतपत्र छापिएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.