बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम सुस्त

0
Quantam abroad studies

बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम निर्माण सामग्रीको गम्भीर अभावका कारण सुस्त भएको छ। राष्ट्रिय राजमार्ग विस्तार आयोजनाअन्तर्गत ४९ किलोमिटर सडक विस्तारका लागि आवश्यक ३० लाख घनमिटरमध्ये हालसम्म करिब ५ लाख ८० हजार घनमिटर मात्र सामग्री जुटेको छ।

स्थानीय तहबाट माटो, गिटी र बालुवा उपलब्ध हुन नसक्दा काम प्रभावित भएको आयोजनाले जनाएको छ। सडकलाई दुई खण्डमा विभाजन गरेर विस्तार भइरहेको भए पनि दुवै खण्डमा सामग्री अभाव कायमै छ।

sahani furniture udyog

पहिलो खण्डमा कल्भर्ट, पुल, अन्डरपास र नाली निर्माण अन्तिम चरणमा पुगे पनि माटो फिलिङ र सडक चौडा गर्ने काम रोकिएको छ। दोस्रो खण्डमा पनि माटो तथा नदीजन्य सामग्री अपुग हुँदा प्रगति अपेक्षाअनुसार हुन सकेको छैन।

आयोजनाका अनुसार अहिलेसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको छ। निर्माण सामग्री सुनिश्चित हुन नसके कामदार घट्ने र समयमै आयोजना सम्पन्न नहुने जोखिम बढ्दै गएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.