भारतमा निपाह भाइरस फैलिएपछि, नेपालमा उच्च सतर्कता अपनाउन निर्देशन

0
Quantam abroad studies

काठमाडौं — भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएपछि त्यसको असर नेपालसम्म पर्न सक्ने भन्दै स्वास्थ्य संयन्त्र सतर्क बनेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा शंकास्पद लक्षण देखिएमा अनिवार्य परीक्षण गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) ले देशभरका स्वास्थ्य संस्था र सरोकारवाला निकायलाई निपाह भाइरस शंकास्पद केसहरू पहिचान गरी परीक्षणको दायरामा ल्याउन निर्देशन जारी गरेको हो।

नयाँ प्रोटोकलअनुसार अकस्मात् मृत्यु, गम्भीर तीव्र श्वासप्रश्वास संक्रमण, तीव्र मस्तिष्क ज्वरो, कोमाजस्ता अवस्था देखिएका बिरामी, निपाह संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति, तथा निपाह प्रभावित क्षेत्रबाट हालै फर्किएका मानिसलाई उच्च जोखिम समूहमा राखिएको छ। साथै काँचो खजुरको रस सेवन गर्ने तथा संक्रमित जनावर—विशेषगरी चमेरोसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि निगरानीमा राख्न भनिएको छ।

sahani furniture udyog

निपाह भाइरस जनावरबाट मानिसमा सर्ने जुनोटिक रोग हो। स्वास्थ्य विज्ञहरूका अनुसार यो भाइरस कोरोनाभाइरसको तुलनामा कम फैलिने भए पनि मृत्युदर भने निकै उच्च छ।

यसै महिना भारतको पश्चिम बंगालमा निपाह भाइरस संक्रमणका दुई केस पुष्टि भएका छन्। संक्रमित दुवै स्वास्थ्यकर्मी हुन्, जसमा गत वर्ष डिसेम्बरको अन्तिम साता लक्षण देखिएको भारतीय स्वास्थ्य निकायले जनाएको छ।

नेपालमा हालसम्म निपाह भाइरसको पुष्टि नभए पनि सीमावर्ती क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.