घरआँगनमै राजनीति: कपिलवस्तु–३ मा एहसान अहमद खांको जनमुखी अभियान तीव्र

0
Quantam abroad studies

शहबाज खान / कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कपिलवस्तु–३ का उम्मेदवार एहसान अहमद खांले परम्परागत भाषणमुखी प्रचारभन्दा फरक शैली अपनाउँदै मतदाता भेटघाटलाई तीव्र बनाएका छन्। मनोनयन दर्तापछि उत्तर–पश्चिम भेगका बस्तीहरूमा केन्द्रित भएर उनले घरदैलो अभियानमार्फत जनताका गुनासा सुन्ने र समस्या प्रत्यक्ष अनुभव गर्ने काम अघि बढाएका छन्।

घरआँगनमै पुगेर किसान, युवा, महिला र ज्येष्ठ नागरिकसँग संवाद गर्दै खांले शिक्षा, स्वास्थ्य,कृषि रोजगारी र पूर्वाधारजस्ता स्थानीय मुद्दामा खुला छलफल गरिरहेका छन्। “राजनीति नारामा सीमित होइन, जनताको दैनिकीमा देखिनुपर्छ,” भन्दै उनले जनतासँगै बसेर समाधान खोज्ने जनमुखी राजनीति आफ्नो प्राथमिकता भएको स्पष्ट पारे। स्थानीय बासिन्दाहरूले पनि लामो समयपछि उम्मेदवार स्वयं घरआँगनमा आएर समस्या सुनेको भन्दै यस अभियानलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार खांको सक्रिय उपस्थितिले भरोसा र अपेक्षा दुवै बढाएको छ।

sahani furniture udyog

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार खांले अन्य दलहरूको परम्परागत प्रचारशैलीभन्दा अलग, उत्तरदायी र जनकेन्द्रित राजनीति प्रस्तुत गर्ने दाबी गरेका छन्। मतदातासँगको निरन्तर भेटघाटले कपिलवस्तु–३ मा चुनावी माहोल थप चासोपूर्ण बन्दै गएको देखिन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.