
रुपन्देही ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीको नीति, विधान र हितविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै शुक्रबार उनलाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको प्रलोपा रुपन्देहीका इन्चार्ज पंकज राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार उम्मेदवार बनेपछि काराखेतीले पार्टीका जिम्मेवार नेताहरूसँग अनुचित रूपमा रकम माग्नुका साथै आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पुष्टि भएको छ।
