अस्ट्रेलिया टी–२० विश्वकपबाट बाहिरियो

0
Quantam abroad studies

टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’को समीकरण वर्षाले बदलिदिएको छ। जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यस नतिजासँगै अस्ट्रेलिया एक खेल अगावै सुपर एटको दौडबाट बाहिरिएको हो।

अस्ट्रेलियाको अन्तिम खेल ओमानसँग खेल्न बाँकी भए पनि अब उसको सुपर एट यात्रा सम्भव छैन। सोमबार श्रीलंकासँग ८ विकेटले पराजित भएको अस्ट्रेलिया यसअघि जिम्बाब्वेसँग पनि हारेको थियो। लगातार दुई हारले अस्ट्रेलियाको समीकरण जटिल बनेको थियो।

जिम्बाब्वेले तीन खेलबाट ५ अंक बटुलेको छ र अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ। यता अस्ट्रेलियाको तीन खेलबाट २ अंक मात्रै छ। अन्तिम खेल जिते पनि उसले अधिकतम ४ अंक मात्रै जोड्न सक्छ, जुन सुपर एटमा पुग्न पर्याप्त नहुने देखिएको छ।

sahani furniture udyog

सन् २०२१ को टी–२० विश्वकप विजेता अस्ट्रेलिया यसपटक भने समूह चरणमै बाहिरिन पुगेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.