अरविन्द केजरीवाल लाई भ्रष्टाचार मुद्दामा सफाइ

0
Quantam abroad studies

भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई दिल्लीको अदालतले मदिरा इजाजतपत्र बाँडफाँटसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा सबै आरोपबाट शुक्रबार सफाइ दिएको छ।

अदालतले केजरीवालसँगै उनका पूर्व सहायक मनिस सिसोदिया र अन्य २१ जनालाई पनि निर्दोष ठहर गरेको जनाएको छ।

फैसलापछि सञ्चारकर्मीसँग कुरा गर्दै केजरीवालले “सत्यको विजय भएको छ” भन्दै खुशी व्यक्त गरे। उनले सत्तारुढ दलले आफ्नो पार्टीलाई समाप्त पार्न राजनीतिक षड्यन्त्र गरेको आरोप दोहोर्‍याए।

sahani furniture udyog

सन् २०२४ मार्चमा पक्राउ परेका ५७ वर्षीय केजरीवाल केही महिना जेल बसेका थिए। पूर्व कर अधिकृतसमेत रहेका उनी भ्रष्टाचारविरोधी अभियानबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन्।

अदालतको यस निर्णयले राजनीतिक तनावबीच उनको सार्वजनिक छवि थप मजबुत बनेको विश्लेषण गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.