आयातित केरामा सरकारको कडाइले रैथाने केराको महत्त्व र बजार बढ्दो

0
Quantam abroad studies

काठमाडौं । सरकारले आयातित केरामा कडाइ गरेपछि नेपाली पहाडी भेगमा उत्पादन हुने रैथाने केराको माग र बजार उल्लेखनीय रूपमा बढ्न थालेको छ। कुनै समय बजारको अभावमा खेर जाने स्थानीय जातका केराहरू अहिले सहरका उपभोक्ताको रोजाइमा पर्न थालेका छन्।

उदयपुरका किसान तथा व्यापारी रुपेन्द्र राईले गाउँघरमा उत्पादन हुने अठिया, मर्चे, झपरीलगायतका रैथाने केराहरू काठमाडौं ल्याएर बिक्री गरिरहेका छन्। उनका अनुसार आयातित केरामा गरिएको कडाइले स्थानीय किसानलाई उत्साह थपेको छ र रैथाने उत्पादनले उचित मूल्य पाउन थालेको छ।

स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूले विषादीरहित तथा प्राकृतिक रूपमा पाकेका केराको खोजी गर्न थालेपछि यस्ता स्थानीय उत्पादनको माग बढेको हो। विशेषगरी अठिया केरालाई पौष्टिक र औषधीय गुणयुक्त मानिने भएकाले यसको मूल्य प्रतिदर्जन २५० रुपैयाँसम्म पुगेको छ।

sahani furniture udyog

स्थानीय किसानहरूका अनुसार पहाडी क्षेत्रमा उत्पादन हुने केराहरू प्राकृतिक रूपमा पाक्ने, स्वादिलो र लामो समयसम्म सुरक्षित रहने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको छ। उनीहरूले सरकारले रैथाने बाली तथा उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याए नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्न सक्ने बताएका छन्।

आयातमा कडाइसँगै गाउँका उत्पादन सिधै बजारसम्म पुग्न थालेपछि किसानले उचित मूल्य पाउन थालेका छन् भने उपभोक्ताले स्वस्थ, ताजा र मौलिक स्वादका कृषि उत्पादन उपभोग गर्ने अवसर पाएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.