
कपिलवस्तु , भदाैँ १६
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रिय निर्णय बमोजिम तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको भर्चुअल रुपमा उद्वाटन भएको छ।
शनिबार पेरिसडाँडाबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुप्प कमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल रुपमा उद्घाटन गरेका छन् । यसै अनुरुप कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको सबै वडामा अभियानको उद्वाटन गरिएको छ ।
पालिकाको १२ वटै वडामा अभियानलाई भव्य सफल तथा उद्घाटन गर्नका लागि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सल्लाहकार रामलौटन तिवारी , नगर अध्यक्ष पिताम्बर ठाकुर , युवा नेता प्रितम पाण्डे , नगर सदस्य पल्टु पासि , वडा समिति अध्यक्ष ब्रिज बिहारी चौधरी लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । यस तिन महिने विशेष रुपान्तरण अभियान कपिलवस्तु जिल्लाको १० वटै पालिकाको हरेक वडामा एकै साथ उद्घाटन गरिएको छ ।


कार्यक्रममा बोल्दै केन्द्रिय सल्लाहकार राम लौटन तिवारीले देशमा माओवादीले परिवर्तन ल्याएको र गरिब , पीडित जनतालाइ अधिकार दिलाएको पार्टी रहेको बताउनु भयो । उहाँले देशमा माओवादीले ठुलो परिवर्तन ल्याए पनि हामीले आफुले गरेका काम जनता सम्म पुर्याउन नस्क्दा माओवादीको छबि बिस्तारै धुमिलिदै गएको बताउनु भयो । तिवारीले तिन महिने अभियानमा जनताको घर घर गइ माओवादीले गरेको काम बारे बताइ अभियानलाइ सफल बनाउन नेताकार्यकर्ता संग अपिल गरेका छन् ।
