
उद्योग व्यापार सङ्गठनको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । पुस १६ गते (डेसेम्बर ३१) भैरहवामा सडक खाना महोत्सव हुन लागेको हो ।

आन्तरिक एवम् बाह्य पर्यटनकलाई भैरहवामा ल्याई आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिनुभयो । नाफा कमाउनेभन्दा पनि पर्यटकीय गतिविधि चहलपल गराउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सव स्थानीय मिलनचाेकदेखि विद्रोही चोकसम्म हुनेछ । सङ्गठनले नयाँ वर्षमा नियमितजसो महोत्सव गर्दैआएको छ