पहिराेसहित ढुंगा खस्दा सिद्धबाबा सुरुङमार्गकाे कम्प्रेसर पुर्णरूपमा क्षति

0
Quantam abroad studies

पाल्पा — सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सिद्धबाबा मन्दिरको सुरुङमार्गबाट करिब २० मिटर पाल्पा तर्फ रहेको क्षेत्रमा पहिरो खसेको हो। पहिरोले सुरुङमार्ग निर्माणका लागि राखिएको कम्प्रेसर मेसिनमाथि ठुलो क्षति पुर्‌याएको छ।

डोभान प्रहरीका अनुसार पहिरोले कम्प्रेसर मेसिन पूर्णरूपमा ध्वस्त भएको छ। पहिरोसँगै खसेका ढुंगा र माटोले सडकको एक भाग बन्द भएको छ, जसका कारण आवागमन प्रभावित भएको छ। मेसिनका टुक्रा र सुख्खा पहिरोका कारण सवारीसाधनको आवतजावतमा समस्या उत्पन्न भएको हो।

प्रहरीको प्रयासपछि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ। डोभान प्रहरी इन्चार्ज जनक बुढाका अनुसार, पहिरो पन्छाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। आवागमनलाई सहज बनाउन थप प्रयास भइरहेको उनले बताए।

सुरुङमार्ग निर्माणका क्रममा प्रयोग हुने उपकरणमाथि क्षति पुगेपछि निर्माणकार्यमा समेत असर पर्ने देखिएको छ। स्थानीय प्रशासनले पहिरो पन्छाउने र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।

sahani furniture udyog

सिद्धार्थ राजमार्ग देशका प्रमुख राजमार्गमध्ये एक हो, जसले बुटवललाई पोखरासँग जोड्छ। यो खण्डमा वर्षा याममा बारम्बार पहिरो खस्ने समस्या देखिने गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.