
काठमाडाैँ- नेपाल टेलिकमकाे सिमबाट भारतमा कल गर्दा प्रति मिनेट रु. ३.७६ लाग्ने भएकाे छ।
टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये याक्सेस काेड १४२४ काे प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हाे।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई याे महसुल साेमबार राती १२:०० बजेदेखि लागु भएकाे हाे।
यसका साथै याक्सेस काेड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको टेलिकमले जनाएकाे छ।
