कपिलवस्तु: पाँच वर्षदेखि फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

0
Quantam abroad studies

कपिलवस्तुमा पाँच वर्षदेखि फरार जबरजस्ती करणी र डाँका मुद्दाका प्रतिवादी विकास मल्ललाई प्रहरीले पक्राउ गरेको छ। वाणगंगा नगरपालिका–४ निवासी मल्ललाई २०७५ चैत्र १५ गते जिल्ला अदालतले ११ वर्ष कैद र जरिवाना तोकेको थियो। तर, अदालतको फैसलापछि उनी फरार थिए।

पुस १६ गते मल्ललाई वडा नम्बर ४ बाछ प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले मंगलबार मल्ललाई अदालतमा उपस्थित गराएपछि कैदी पूर्जी जारी गरी कारागार कार्यालय, तौलिहवा पठाइएको जनाएको छ।

sahani furniture udyog

प्रहरीका अनुसार, मल्लमाथि जबरजस्ती करणी र डाँका सम्बन्धी अभियोग प्रमाणित भएपछि कैद र जरिवाना तोकिएको थियो। फरार प्रतिवादी पक्राउ परेसँगै कानूनी प्रक्रिया अघि बढाइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.