
पछिल्ला केही दिनदेखि चलेको शीतलहर र बाक्लो हुसुको कारण चिसो बढेपछि कपिलवस्तु जिल्लाका ६ पालिकाका विद्यालयहरू बन्द गरिएका छन्। अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्य जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
विद्यालय बन्द हुने पालिकाहरूमा कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, र शुद्धोधन गाउँपालिका समावेश छन्।
शीतलहर र बाक्लो हुसुसँगै चलेको सिरेटाले यहाँको जनजीवन कष्टकर बनेको छ। चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै पालिकाहरूले अर्को सूचना नआएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।


