कपिलवस्तुमा अवैध लागूऔषध सहित दुई युवक पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु, माघ ४ – कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–४, चाकरचौडामा दुई युवालाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८, बोर्डगाउँका ३५ वर्षीय विकाश परियार र वाणगंगा नगरपालिका–४, दरखास्तका ३२ वर्षीय कमल सेनलाई बिहीबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी चाकरचौडाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.८ प ७४४९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूको साथबाट १४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ।

sahani furniture udyog

पक्राउ परेका दुबैजनामाथि लागूऔषध सम्बन्धी कानूनी प्रक्रिया अगाडि बढाउन थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.