अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवाको उपचारकै क्रममा मृत्यु

0
Quantam abroad studies

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवाको उपचारकै क्रममा मृत्यु भएको छ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ टुनीपोखरी क्षेत्रमा स्थानीयले वन्यजन्तु समात्न थापेको पासोमा चितुवा परेर गम्भीर घाइते भएको थियो। सूचना पाएलगत्तै वन कार्यालयको टोली घटनास्थल पुगेको थियो।

घाइते चितुवालाई उद्धार गरी उपचारका लागि डिभिजन वन कार्यालयमा ल्याइएको थियो। तर उपचारकै क्रममा सोमबार दिउँसो चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए।

sahani furniture udyog

उद्धार कार्यका क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन्। उनलाई सामान्य चोट लागेको र उपचार भइरहेको कार्यालयले जनाएको छ।

वन्यजन्तु संरक्षणका लागि अवैध रूपमा पासो थाप्ने कार्य रोक्नुपर्ने आवश्यकता पुनः औँल्याउँदै वन कार्यालयले यस्ता गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.