रिलायन्स जिओ र एलन मस्कको स्टारलिंकबीच इन्टरनेट सम्झौता

0
Quantam abroad studies

भारतीय दूरसञ्चार बजारमा नयाँ आयाम थप्दै, रिलायन्स जिओले अमेरिकी अर्बपति एलन मस्कको स्पेसएक्स कम्पनीअन्तर्गतको स्टारलिंकसँग उच्च गतिको इन्टरनेट सेवाका लागि सम्झौता गरेको छ। यसअघि एयरटेलले पनि स्टारलिंकसँग सहकार्य गरिसकेको थियो।

स्याटेलाइट इन्टरनेटले ग्रामीण क्षेत्रलाई लक्ष्य

स्टारलिंक एक स्याटेलाइट ब्रडब्यान्ड सेवा हो, जसले पृथ्वीको कुनै पनि स्थानमा इन्टरनेट प्रदान गर्न सक्छ। यो प्रविधिले विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच पुर्‍याउने लक्ष्य लिएको छ, जहाँ परम्परागत इन्टरनेट पूर्वाधार उपलब्ध छैन।

जिओ-स्टारलिंक सहकार्य: भारतका लागि कोसेढुंगा

sahani furniture udyog

भारतीय समाचार संस्था एएनआईका अनुसार जिओ प्लेटफर्म्स लिमिटेडले एक प्रेस विज्ञप्ति जारी गर्दै, स्टारलिंकसँगको सम्झौता भारतभर उच्च गतिको इन्टरनेट विस्तार गर्ने कोसेढुंगा सावित हुने जनाएको छ। जिओले आफ्ना खुद्रा आउटलेट र अनलाइन माध्यमबाट उपभोक्ताहरूसम्म स्टारलिंकको सेवा पुर्‍याउनेछ।

मस्क र अम्बानीबीचको प्रतिस्पर्धा

गत वर्ष स्पेसएक्सका मालिक एलन मस्क र रिलायन्स जिओका मालिक मुकेश अम्बानीबीच भारतको स्याटेलाइट ब्रडब्यान्ड बजारमा प्रतिस्पर्धा देखिएको थियो। भारत सरकारले स्याटेलाइट स्पेक्ट्रमको आवंटन लिलामीको सट्टा प्रशासनिक तरिकाले गर्ने घोषणा गरेपछि यस विषयमा थप चासो देखिएको थियो।

एलन मस्कले सधैं लिलामी मोडेलको आलोचना गर्दै आएका छन्, भने मुकेश अम्बानी भने यसको समर्थनमा छन्। यस सहकार्यपछि भारतीय इन्टरनेट बजारमा ठूलो परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.