मैले ५ वर्ष शासन गरेकाे भए भाइमारालाई ठेगान लगाउँथेंः प्रचण्ड

0
Quantam abroad studies

मेलम्ची, सिन्धुपाल्चोक – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’ र मूर्तिचोरको आरोप लगाएका छन्।

शुक्रबार मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले दरबार हत्याकाण्डबारे पुनः छानबिन गर्नुपर्ने धारणा व्यक्त गर्दै, आफू पहिलोपटक प्रधानमन्त्री हुँदा ‘भाइमारा र राजद्रोही’लाई ठेगान लगाउने प्रयास गरेको बताएका छन्।

२०६४ चैत २८ गते संविधान सभाको चुनाव सम्पन्न भएसँगै प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका थिए। तर, नौ महिनामै तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटुवाललाई हटाउने निर्णय राष्ट्रपतिले रोकिदिएपछि उनले पदबाट राजीनामा दिएका थिए।

‘मैले पाँच वर्ष शासन गर्ने अवसर पाएको भए, दरबार हत्याकाण्डका दोषीलाई इतिहासको कठघरामा उभ्याउने थिएँ,’ उनले भने, ‘तर अहिले ती व्यक्ति चुरीफुरी गरिरहेका छन्। धेरै नगरे हुन्छ।’

sahani furniture udyog

पूर्वराजा शाहलाई लक्षित गर्दै उनले चेतावनी समेत दिए, ‘अर्को मूर्खता गरे भने जनता पनि उदार हुने छैनन्, राजनीतिक दलहरू पनि।’

२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाह सहित सम्पूर्ण परिवारको हत्या भएको थियो।

हालै, पूर्वराजा शाह काठमाडौं फर्किंदा राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाई जस्ता समूहहरूले भव्य स्वागत गरेका थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.