एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको डुबेर मृत्यु

0
Quantam abroad studies

बिगु गाउँपालिका–२,जगतमा एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ।

बिगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्रवीन तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। देउलाङ्गेश्वर माविमा अध्ययनरत छात्र तामाङ गाउँपालिकास्थित गौरीशंकर माविमा एसईई दिन आएका थिए।

sahani furniture udyog

जगतमा कोठा भाडामा लिई बसेका तामाङ बिहीबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.