बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गर्ने मुख्यमन्त्री आचार्यको चाहाना

0
Quantam abroad studies

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने योजनामा सरकार अघि बढ्न चाहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीसँग भएको भेटमा मुख्यमन्त्री आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किट अन्तर्गत मोनोरेलमार्फत जोड्ने सम्भावना रहेको उल्लेख गरे।

उनका अनुसार प्रदेश सरकारले मोनोरेलका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको छ।

बुद्ध सर्किटलाई अन्तर्राष्ट्रिय पहिचान दिने प्रयास

sahani furniture udyog

मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको जानकारी दिए।

उनले पर्यटन बोर्डमार्फत लुम्बिनी क्षेत्रको समग्र विकासलाई जोडेर विस्तृत योजना निर्माण गरिने समेत बताए।

“बुद्ध सर्किटको योजनालाई सफल बनाउन हामी निजी क्षेत्रको साझेदारी खोजिरहेका छौं,” मुख्यमन्त्री आचार्यले भने।

यो योजनाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने प्रदेश सरकारको विश्वास छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.