भारत–पाकिस्तान तनावको छायाँ : नेपालका सीमामा कडाइ

0
Quantam abroad studies

काठमाडौं — जम्मु–कस्मिरको पहलगाममा वैशाख ९ गते भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको चिसो सम्बन्ध झन् तातिएको छ। हमलामा एक नेपालीसहित २६ जना पर्यटक मारिएपछि स्थिति युद्धको संघारतिर उन्मुख देखिँदैछ। यस परिप्रेक्ष्यमा नेपालले समेत आफ्नो सुरक्षा सतर्कता उच्च बनाएको छ।

सीमा क्षेत्रमा निगरानी कडा

भारत र पाकिस्तानले एक अर्काका देशमा रहेका नागरिकलाई फर्किन अल्टिमेटम दिएपछि नेपाल प्रवेश गर्ने पाकिस्तानी नागरिकहरूमाथि निगरानी बढाइएको छ। भारतीय सीमा सुरक्षा बल (SSB) ले सीमा क्षेत्रमा निगरानी कडा पार्दा, नेपालतर्फ सशस्त्र प्रहरी बलले समेत सक्रियता बढाएको छ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतसँगका प्रमुख नाकाहरूमा संयुक्त गस्ती थालेका छन्। सुरक्षा अधिकारीहरूका अनुसार अनधिकृत आवत–जावत तथा घुसपैठ रोक्न सीमा सुरक्षामा विशेष निगरानी गरिँदैछ।

राजनीतिक भेटवार्ता र प्रभाव

sahani furniture udyog

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले हालै नेपाल भ्रमणमा आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँगको भेटमा उनले भारत–नेपाल सीमासम्बन्धी सुरक्षा विषयमा चासो व्यक्त गरेका थिए। भेटलगत्तै सुरक्षा संयन्त्र थप सक्रिय बनाइएको सुरक्षा स्रोतहरूले जनाएका छन्।

रणनीतिक दृष्टिकोणमा मधेश प्रदेश

नेपाल–भारतबीच १,७५१ किलोमिटर लामो सीमा जोडिएको छ, जसमा २७ जिल्ला प्रत्यक्ष रूपमा सीमावर्ती छन्। तीमध्ये २६ जिल्ला तराई क्षेत्रमा पर्छन्। विशेष सतर्कता भने झापा (काँकडभिट्टा) देखि कञ्चनपुर (गड्डाचौकी) सम्मका मुख्य नाकाहरूमा देखिएको छ।

मधेश प्रदेशमा सप्तरीको गोबरगाढादेखि पर्साको ठोरीसम्म फैलिएको ४६४ किलोमिटर सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। यो क्षेत्र पछिल्ला गतिविधिका कारण सुरक्षा दृष्टिले संवेदनशील मानिएको छ। त्यसैले प्रहरी तथा सशस्त्र प्रहरी बलले मधेश क्षेत्रमा अझ बढी सतर्कता अपनाइरहेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.