करेन्ट लागेर १० पशु मृत: विद्युत प्रवाहमा लापरवाही

0
Quantam abroad studies

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थिङलाबुमा करेन्ट लागेर १० ओटा पशु चौपायाको ज्यान गएको छ। शुक्रबार दिउँसो खुवागु भन्ने स्थानमा जंगलबाट गोठ फर्काइँदै गर्दा करेन्ट प्रवाह भई स्थानीय विजय एभेङ लिम्बूका गोरु, गाई र बाख्राहरू मृत अवस्थामा फेला परेका हुन्।

थिङलाबु वडाध्यक्ष सबिन लिम्बुका अनुसार, करेन्ट लागेका चौपायामध्ये एक हल गोरु, दुई गाई र ६ बाख्रा रहेका छन्। घटनाका बेला चौपाया जंगलबाट चराएर गोठतर्फ ल्याउँदै गर्दा विद्युतको पोलमा छुने तारबाट जमिनमा करेन्ट प्रवाह भई यो घटना भएको अनुमान गरिएको छ।

स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा जमिनमार्फत करेन्ट प्रवाह भएको देखिन्छ। यो लापरवाही विद्युत प्रसारण प्रणालीको असुरक्षित व्यवस्थापनका कारण भएको आशंका गरिएको छ। नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार, सो क्षेत्रको विद्युत आपूर्ति थिङलाबु विद्युत सहकारी संस्था मार्फत भइरहेको छ। सहकारी संस्था स्वयं विद्युत व्यवस्थापन तथा मर्मतको जिम्मेवार रहेको प्राधिकरणले स्पष्ट पारेको छ।

sahani furniture udyog

घटनापछि सो क्षेत्रमा विद्युत आपूर्ति तत्कालका लागि बन्द गरिएको छ। यता, प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धानमा जुटेको बताइएको छ। विस्तृत अध्ययन पश्चात थप कदम चालिने सम्बन्धित निकायले जनाएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.