‘एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२’ आज घोषणा गरिदैँ

0
Quantam abroad studies

कपिलवस्तु, बुद्धभूमि नगरपालिका–१० मा रहेको एग्रीवस्तु कोल्ड स्टोरेजले आज ‘एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२’ घोषणा गर्दै छ। जिल्लाको कृषि इतिहासमा पहिलो पटक आयोजना गरिन लागेको यो कार्यक्रम आज साँझ भव्य रूपमा सम्पन्न हुने भएको छ।

कार्यक्रमका प्रबन्ध निर्देशक आशिष शर्माले कृषकलाई सम्मान र प्रोत्साहन दिने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताए। उहाँले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदै जिल्लावासीलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण गर्नुभएको छ। कार्यक्रमको मुख्य प्रायोजक दीपकुमार उपाध्याय फाउन्डेसन रहेको छ।

एग्रीवस्तुको यो प्रयासले कपिलवस्तुको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

विशेष प्रस्तुति र सम्मान कार्यक्रम

कार्यक्रममा हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को विशेष प्रस्तुति र विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछ। यो कार्यक्रमले प्रतिस्पर्धी कृषकलाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गर्ने छ, जसले कृषकहरूको मनोबल उच्च बनाउन सहयोग गर्ने शर्माले बताए।

शर्माले कृषि पेशालाई सम्मान गर्ने यो प्रयासले ‘कृषिमा केही हुँदैन’ भन्ने नकारात्मक धारणा तोड्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उहाँले भने, “कृषकहरू अर्थतन्त्रका वास्तविक आधार हुन्। यो कार्यक्रममार्फत हामी उनीहरूको योगदानको कदर गर्न चाहन्छौं।”

पुरस्कार र सम्मान

sahani furniture udyog

कार्यक्रममा तीन विधाका पाँचजना उत्कृष्ट कृषकहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ।

  • कृषि तारा (प्रथम): १ लाख रुपैयाँ
  • द्वितीय: ७५ हजार रुपैयाँ
  • तृतीय: ५० हजार रुपैयाँ
  • विदेशबाट फर्किएका उत्कृष्ट कृषि उद्यमी: ५० हजार रुपैयाँ
  • महिला कृषक: ५० हजार रुपैयाँ

प्रतियोगिताका लागि वैशाख मसान्तसम्म ९० वटा आवेदन फारम प्राप्त भएका थिए। पाँच सदस्यीय मूल्याङ्कन समितिले क्षेत्रफल, उत्पादन, र फिल्ड अनुगमनका आधारमा उत्कृष्ट पाँच कृषक र पाँच सान्त्वना पुरस्कार विजेताको छनोट गरेको छ।

समितिको संयोजकत्व मौरीविद् अनिरुद्धनाथ शुक्लाले गरेका छन्। समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझा, कृषिविद् खुर्सेद अहमद खाँ र पत्रकार महासंघ कपिलवस्तुका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्य रहेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.