अघि बढयो साढे दुई लाख मेट्रिक टन मल खरिद प्रक्रिया

0
Quantam abroad studies

काठमाडौं । किसानले रासायनिक मल अभाव महसुस गरिरहेको बेला कृषि सामग्री कम्पनी लिमिटेडले करिब दुई लाख ५५ हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाएको छ । यो चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको ४ लाख २० हजार मेट्रिक टन खरिद योजनाको हिस्सा हो । बाँकी १ लाख ६५ हजार मेट्रिक टन पनि निर्धारित योजनाअनुसार आपूर्ति हुने कम्पनीले जनाएको छ ।

गत वर्ष (२०८१/८२) कम्पनीले ३ लाख ३४ हजार ९७७ मेट्रिक टन मल वितरण गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८० हजार मेट्रिक टन बढी हो । अहिले भारतको कोलकाताबाट आयात भइरहेको मलमध्ये यूरियाको १२ लाख बोरामध्ये ६ लाख बोरा नेपाल आइपुगेको र बाँकी ६ लाख बाटोमा रहेको कम्पनीले जनाएको छ । त्यस्तै, डिएपीको १७ लाख बोरामध्ये ३ लाख बोरा प्राप्त भइसकेको र बाँकी छिट्टै नेपाल भित्रिने जनाएको छ ।

कम्पनीले देशभरका करिब ७ हजार सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । चालु आर्थिक वर्षको साउन महिनामात्रै ७ लाख ८४ हजार ४१० बोरा मल बिक्री भएको र अहिले पनि कम्पनीसँग पर्याप्त मौज्दात रहेको दाबी गरेको छ ।

sahani furniture udyog

सरकारको निर्देशिकाअनुसार प्रदेश र स्थानीय तहमा कोटा तोकेर आधिकारिक विक्रेतामार्फत किसानसम्म मल पु¥याउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.